पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अध्यक्ष ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले भावी प्रधानमन्त्रीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्ने निर्णय गरेको छ । 

ललितपुरको मानभवनस्थित एक निजी घरमा आज बसेको एमाले स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । 

बैठकमा अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको ‘वान टु वान’ बैठकमा भएका छलफलका विषयमा जानकारी गराउनुभएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । 

पाण्डेका अनुसार अध्यक्ष ओलीले सरकार गठन तथा पार्टी एकीकरणपछि अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी आलोपालो गर्ने विषय बैठकलाई जानकारी गराउनुभएको थियो । 

एमाले स्थायी समितिको बैठक सकिएलगतै एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्डबीचको वान टु वान बैठक सुरु भएको छ । उहाँहरूको बैठक सकिएलगतै पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ ।