पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विविध कार्यक्रम गरी रेडियो दिवस मनाइयो

काठमाडौं । आज विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो ।

संयुक्त राष्ट्रसंघको अयोेजनामा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन थालिएको हो ।

नेपालमा २००३ सालमा रेडियोको प्रशारण शुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोको नाममा रेडियो सञ्चालन शुरु भएको हो ।

नेपाल जस्तो भौगोलिक विकटता तथा साक्षरता र शिक्षाको पहुँच कम भएको देशमा रेडियोहरु प्रभावकारी माध्यमका रुपमा रहेका छन् ।

यसै अबसरमा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले समस्त श्रोतामा सुभकामना व्यक्त गर्दै जनतालाई सुसूचित गर्न रेडियोको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

कार्यकारी निर्देशक कार्कीले आगामी दिनमा रेडियो नेपालले आफ्ना कार्यक्रम र समाचारमा अझ सुधार गर्दे विकृति र विसंगति विरुद्धको आवाजलाई शसक्त बनाउने उल्लेख गर्नुभएको छ । 

उहाँले समाजिक आर्थिक र शैक्षिक सबै क्षेत्रका सुधारका प्रतिबद्ध रहने पनि सन्देशमा उल्लेख गर्नुभएको छ ।