पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चलचित्र विकास बोर्डद्वारा बक्स अफिस लागू

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डले चलचित्र सम्बन्धी कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन बक्स अफिस लागु गरेको छ ।

चलचित्र विकास वोर्डको आयोजनामा आज काठमाडौंमा आयोजित कार्यक्रममा सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बक्स अफिस म्यानेजमेन्ट सिस्टमको उद्घाटन गर्दै यसका  माध्यमबाट चलचित्र  जगत मर्यादित उद्योग र व्यवसायका रुपमा अगाडी बढ्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदयले ई टिकटका माध्यमबाट मुलुक भरीका चलचित्र हलहरुमा चल्ने चलचित्रहरुको वारेमा जानकारी प्राप्त गर्न सकिने हुँदा चलचित्र व्यापारमा  पारदर्शिता झल्किने बताउनुभयो ।

कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन लगायतले बक्स अफिस लागु भएपछि नेपालका सम्पुर्ण चलचित्र हलहरुमा लाग्ने चलचित्रका बारेमा इन्टरनेटको माध्यमवाट सबै सर्भरमा जोडिने हुँदा चलचित्रप्रति लगानीकर्ता, कलाकार र हल मालिकहरु पनि अझ बढी आकर्षित हुनेमा आफुहरु विश्वस्त रहेको बताउनुभयो ।

२०७५ साल माघ १ गते सम्म नेपालभरका चलचित्र हलहरुमा ई टिकट सिस्टम लागु भईसक्ने पनि नेपाल चलचित्र विकास बोर्डले जनाएको छ ।