पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अब मुलुकको ध्यान विकासतर्फ: प्रधानमन्त्री देउवा

तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अब मुलुकको ध्यान आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको विकासमा जानु पर्ने बताउनु भएको छ । 

तनहुँमा आज श्रीमद्भागवत ज्ञान महायज्ञको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सबै तहको निर्वाचन सम्पन्न भइसकेकाले अब आर्थिक सामाजिक विकासमा सबैको ध्यान जानु पर्ने बताउनुभयो । 

उहाँले व्यास पराशर क्षेत्रलाई धार्मिक एवं पर्यटकीयस्थलका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । 

प्रधानमन्त्री देउवाले पर्यटकीय क्षेत्रको विकासका लागि सम्बन्धीत सबै पक्षबीच उच्चस्तरको सहयोग, समन्वय र सक्रियता हुनुपर्नेमा जोड दिनुभयो ।