पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कम्युनिष्ट केन्द्र निर्माण गर्न पार्टी एकताः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्ने लक्ष्यका साथ नेकपा (एमाले)सँग आफ्नो पार्टीले एकता प्रक्रिया अगाडि बढाएको बताउनुभएको छ । 

तत्कालीन माओवादीले ‘जनयुद्ध’ शुरु गरेको दिनको स्मरणमा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २३औँ जनयुद्ध दिवस’ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहलले संविधानमा समाजवाद लेखेर र समाजवादको नारा लगाएरमात्रै समाजवादी क्रान्ति सम्पन्न हुन नसक्ने भन्दै सबै प्रगतिशील, देशभक्त र वामपन्थी शक्तिबीचमा एकता र सहकार्य जरुरी रहेको बताउनुभयो । 

अध्यक्ष दाहलले आज भोलि नै एमालेसँगको पार्टी एकताको टुंगो लाग्ने स्पष्ट पार्दै आर्थिक समृद्धि र जनताको आर्थिक स्तर उकास्न पनि दुई दल मिलेर जानुपर्ने  बताउनुभयो ।

समाजवादी अभियानलाई सार्थक निष्कर्षमा पु¥याउन अझै ठूलो दायरा चाहिएको स्पष्ट पार्दै उहाँले आफू र आफ्नो पार्टीले शहीद, बेपत्ता र घाइते योद्धाको सपनाविरुद्ध जाने प्रयास समेत नगर्ने बताउनुभयो ।