पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बत्तीको लाईन नहुँदा अस्पतालको सेवा प्रभावित 

सुर्य विश्वकर्मा, दैलेख । फोर फेज बिजुली लाईन जडान नहुँदा दैलेखको दुल्लू अस्पतालको नियमित कामकाज पुर्ण रुपमा प्रभावित भएको छ । 

हाल दुल्लू अस्पतालमा नर्मल टु फेज बिजुली बत्तीको लाईन जडान भइरहेको र उक्त लाईनबाट प्रवाह हुने बत्तीको भोल्टेज कम हुँदा अस्पतालको नियमित प्रवाह हुने सेवा पुर्ण रुपमा दिन नसकिएको अस्पतालले जनाएको छ । 

हाल बत्ती नियमित प्रवाह नहुँदा अक्सिजनबाट दिने सेवा निवुलाईजर सेवा, ल्याबबाट प्रदान गरिने रगत परिक्षण सेवा, दिसापिसाब जाँच सेवा, एच.आई.भी एड्स परीक्षण, क्षयरोग तथा विभिन्न खाले एक्सरे, यु.एस.जी सेवा लगायतका काम प्रभावित भएको अस्पताल प्रशासनले जनाएको छ ।