पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

५ नम्बर प्रदेशको सभामुखमा घर्ती 

बुटवल । ५ नम्बर प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका नेता पुर्ण बहादुर घर्ती निर्विरोध रुपमा निर्वाचित हुनुभएको छ । 

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालको समर्थनमा घर्तीले ५ नम्बर प्रदेश संसद सचिवालयमा आज बिहान ११ बजे उम्मेद्धारी दर्ता गराउनु भएको थियो ।