पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश नम्बर २ काे सभामुखमा यादव निर्विरोध निर्वाचित

जनकपुरधाम । प्रदेश नंं २ को सभामुख पदमा राष्ट्रिय जनता पार्टी नेपालका नेता  सरोजकुमार यादव निर्विरोध निर्वाचित हुनु भएको छ ।

प्रदेश नं २ को संसद सचिवालयले चुनावका लागि मनोनयन पत्र दत्र्ताका लागि   तोकेको अवधिमा प्रदेश सभाका सदस्य यादवको मात्र मनोनयनपत्र दत्र्ता भएकाले उहाँ निर्विरोध निर्वाचित हुनु भएको प्रदेश संसद सचिवालयका सचिव वंशीराज पौडेलले जानाकारी दिनुभयो ।