पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हात्तीको आक्रमणबाट २ महिलाको मृत्यु

राजविराज । सप्तरीको कञ्चनरुपस्थित कोशी टप्पुमा हात्तीको आक्रमणबाट आज दुईजना महिलाको मृत्यु भएको छ । 

कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गर्दा कञ्चनरुप नगरपालिका–५ की ३७ वर्षीया मञ्जु साह र ४५ वर्षीया दुर्गीदेवी मुखियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । 

घाँस, दाउरा खोज्न आरक्षतर्फ जाँदै गर्दा उनीहरुलाई जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीले उनीहरुमाथि पछाडिबाट आक्रमण गरेको  र उनीहरुसँगै जाँदै गरेकी बुधनीदेवी सदा भने भाग्न सफल भएकी प्रत्यक्षदर्शीहरुले जानकारी छन् । 

त्यस क्षेत्रमा दैनिक हात्ती आतंक बढ्दा स्थानीयवासी डरले रातभरि जाग्राम बस्नुपर्ने बाध्यता रहेको जनाएको छ ।