पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पाल्पामा कोदो खेती लोप हुँदै

पाल्पा । पाल्पामा कोदो खेती लोप हुँदै गएको छ । 

कोदो खेतीप्रति कृषकको आकर्षण घट्दै जाँदा कोदो खेती लोप हुँदै गएको हो । कोदो फल्ने ठाउँमा नै कृषकले खेती गर्न छाडेपछि अहिले बीउसम्म पाउन मुस्किल हुन थालेको छ । 

५ वर्ष अघिसम्म बगनासकाली गाउँपालिका खानीगाउँका डोलराज बस्यालको बारीमा प्रशस्तै कोदो फल्थ्यो । अहिले गाउँमा यसको बीउसम्म पनि पाउन मुस्किल भएको छ । 

बस्याल लगायतका गाउँका धेरै कृषकले पाखोबारीमा कोदो लगाएर पर्याप्त कमाइ गर्दथे । अहिले धेरैले कोदो लगाउन छाडिसकेका छन् ।

परम्परागत रूपमा गरिँदै आएको कोदो औषधिका रूपमा प्रयोग हुने गरेको छ । पहिला बर्खे खेतीका रूपमा लगाइने कोदो अहिले देख्नै मुस्किल पर्न थालेको छ ।  कोदो अन्य बालीभन्दा स्वस्थकर भए पनि यसतर्फको आकर्षण घट्दै गएको छ । 

बढ्दो शहरीकरणको प्रभावले गाउँमा कोदो फल्ने जमिन बाँझिन थालेका छन् । ग्रामीण भेगका बासिन्दा शहर पस्न थालेपछि कोदोले भरिभराउ हुने जमिन अहिले बाँझिदै गएका हुन् । 

पछिल्लो समयमा खाद्यान्नमा भन्दा जमिन अन्य प्रयोजनमा प्रयोग बढी हुन लागेकाले खेती लोप हुने अवस्थामा पुगेको रामपुर नगरपालिकाका कृषक सरस्वती सोमैले  बताउनु भयो ।