पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पानी जहाज कारखानामा विस्फोट हुँदा पाँचको मृत्यु

भारत । भारतको पानी जहाज मर्मत तथा निर्माण गर्ने कारखानामा भएको विस्फोटनमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । 

केरला प्रदेशमा मङ्गलबार भएको सो घटनामा परी अन्य १५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । 

केरला राज्यको राजधानी थीरुभानान्थापुरमदेखि २०० किलोमिटर टाढा पर्ने इर्नाकुलम जिल्लामा रहेको कोची विमान कारखानामा सो विस्फोटनको घटना भएको हो । 

एउटा विमान मर्मत भईरहेको अवस्थामा विस्फोटन भएको र त्यसमा परी पाँचको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका एक अधिकारीले जानकारी दिएका छन । 

स्थानीय संबाददाताहरुले घटनामा घाइते भएका मध्ये १५ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको जनाएका छन् । 

विस्फोटनमा परेको जहाज राज्य नियन्त्रित तेल र प्राकृतिक ग्याँस निगमको भएको बताइएको छ । मर्मतका लागि त्यो जहाज मर्मत स्थलमा लगिएको थियो ।