पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट धनगढीमा हुने

धनगढी । धनगढीमा  फागुन ९ गतेदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । 

प्रतियोगितामा ५ विकास क्षेत्र र विभागीय टोली एपीएफ गरी ६ टिमले सहभागिता जनाउने कैलाली जिल्ला खेलकुद विकास समितिले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख र उपविजेता २ लाख रुपैँया पुरस्कार प्राप्त गर्ने छन् ।

वुमेन अफ द सिरीजलाई १० हजार र अन्य ४ विधाका उत्कृष्ट खेलाडीलाई ५–५ हजार रुपैँया प्रदान गरिने पनि आयोजकले जनाएको छ ।