पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

झापा गोल्डकप फागुन १९ देखि शुरु हुने

झापा । झापा गोल्डकप फुटबल प्रतियोगिता यही फागुनको १९ गते देखि शुरु हुने भएको छ । 

आयोजक झापा फुटबल क्लबले मंगलबार झापामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगितामा १० वटा क्लबको सहभागिता रहने जानकारी गराईएको थियो ।

प्रतियोगितामा आयोजक झापा ११ सहित पूर्व विजेता मनाङ्ग मर्स्याङदी क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको ए पी एफ क्लब, सुदुर पश्चिम ११, रुपन्देही ११, सहारा क्लब र हिमालयन शेर्पा क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताका खेलहरु बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा खेलाईने छ ।

प्रतियोगिताको विजेताले उपाधि सहित १२ लाख ५० हजार र उपविजेताले ६ लाख २५ हजार रुपैँया पुरस्कार प्राप्त गर्ने छन् ।