पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वीरगञ्ज युनाईटेड सिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा

वीरगञ्ज । वीरगञ्ज युनाईटेड फुटबल क्लब सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । 

सिमरा रङ्गशालामा मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाईनलमा वीरगञ्ज युनाईटेडले संकटा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हाम्रा समाचारदाता ध्रुव अधिकारीले जनाएका छन् ।

खेलको एक मात्र निर्णायक गोल वीरगञ्ज युनाईटेडका अमर डंगोलले खेलको १६ औँ मिनेटमा गरेका थिए ।

यस खेलको म्यान आफ दि म्याच घोषित भएका वीरगञ्ज युनाईटेडका निशान्त लिम्बुले ५ हजार रुपैँया र ट्रफी प्राप्त गरेका  थिए ।

प्रतियोगिताको पहिलो सेमिफाईनल खेल थ्री स्टार क्लब र मोरङ्ग फुटबल क्लबकाबीच बुधबार हुनेछ भने दोस्रो तथा अन्तिम सेमिफाईनल वीरगञ्ज युनाईटेड र त्रिभुवन आर्मी क्लबबीच बिहीबार हुनेछ ।