पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपालले बुधबार क्यानडासँग खेल्ने

काठमाडौं । आई सी सी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले बुधबार आफ्नो चौथो तथा अन्तिम खेल क्यानडासँग खेल्दै छ ।

नामेबियामा जारी प्रतियोगितामा नेपालको यो अन्तिम खेल नै निर्णायक खेल झैं हुनेछ । प्रतिद्वन्दी क्यानडा प्रतियोगितामा अहिले सम्मको सबै भन्दा बलियो टोली देखिएको छ ।

तालिकामा समान ६ अङ्क रहे पनि क्यानडा, नामेबिया र नेपाल रन रेटका आधारमा प्रथम दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

बुधबार क्यानडालाई पराजित गरे नेपाल प्रतियोगितको शीर्ष स्थानमा उक्लने छ ।

विश्वकप छनोटमा प्रवेशका लागि नेपाल क्यानडासँग पराजित भयो भने नामेबिया पनि यु ए ई सँग पराजित हुने पर्ने हुन्छ । तर यस्तो हुने सम्भावना निकै कम देखिन्छ ।

त्यसैले, श्रीर्ष दुईमा पर्न नेपालले यो अन्तिम खेल जित्नै पर्ने देखिन्छ ।

नामेबियामा जारी लिग डिभिजन २ मा सहभागी ६ राष्ट्र मध्येबाट शीर्ष स्थान प्राप्त गर्ने दुई राष्ट्रले विश्वकप छनोटमा स्थान बनाउने छन् ।

बलिङ्गमा ठिकै देखिएपनि नेपालको ब्याटिङ्ग लाईन अप निकै कमजोर देखिएको छ ।

सहभागी सबै ६ राष्ट्रले समान ४ खेल खेल्दा नेपालका बलर सन्दीप लामिछाने सर्वाधिक १४ विकेट लिन भने सफल भएका छन् ।