पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिरहाका पत्रकारहरु अनुगमन गर्दै

संजय बिश्वकर्मा/रेडियो नेपाल
लहान । सिरहा जिल्ला प्रदेश नम्बर २ को पहिलो जिल्लाको रुपमा खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्ने अन्तिम चरणमा रहेकोले खानेपानी सरसफाई डिभिजन कार्यालय लहानको पहलमा सिरहा जिल्लाका  पत्रकारहरु अनुगमनमा खटिएका छन । 
१७ स्थानिय तह रहेको सिरहामा  जिल्लाको  खानेपानी सरसफाईको अबस्थाबारे स्थालगत रुपमा अनुगमन गर्न ३० जना  पत्रकारहरु चार टोलीमा बिभाजन भई  प्रत्येक स्थानिय तहमा खटिएको नेपाल पत्रकार महासंघ सिरहा शाखाका  अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले जानकारी दिनुभएको छ  । 
१ लाख १८ हजार २ सय ३६ घरधुरी रहेको सिरहामा ३ सय ६२ घरधुरीमा शौचालय निर्माण गर्न मात्र बाँकी रहेको  जिल्ला स्तरिय खानेपानी सरसफाई तथा  स्वच्छता समन्वय समिति सिरहाले जनाएको छ  ।
सिरहा नगरपालिका , बिष्णुपुर गाउँपालिका र नरहा गाउँपालिका खुल्ला दिशा मुक्त हुन बाँकी रहेको छ । अनुगमनको क्रममा रेडियो एभरेष्ट सोलुखुम्बुका   सिरहा सम्बाददाता महेश सिंह महतोले भने  अधिकांश ठाउँमा कागजको भरमा मात्र  खुल्ला दिशा मुक्त भएको छ यस लाई सुधार गर्नै पर्छ  । 
उनले थपे हत्तारमा खुल्ला दिशा मुक्त जिल्ला घोषणा  नगरी सबैको घरमा शौचालय र खानेपानीको पहुँच भएपछी मात्र खुल्ला दिशा मुक्त घोषणा  गर्नु पर्ने सरोकारबाला निकायहरु लाई सुझाब दिएका छन । अधिकाशं गाउँपालिका र नगरपालिकाहरुमा कागजको भरमा मात्र खुल्ला दिशा मुक्त  भएको पत्रकार र स्थानिय बुद्धिजिबिहरुको ठहर रहेको छ ।