पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

श्रीमानबाट आगो लगाइएकी खातुनको मृत्यु

धनुषा । सम्बन्ध विच्छेद गर्ने प्रस्ताव अस्वीकार गरेका कारण श्रीमानद्वारा आगो लगाएर घाइते बनाइएकी एक महिलाको उपचारका क्रममा आज काठमाडौंमा मृत्यु भएको छ । 

शरीरमा मट्टीतेल छर्किएर आगो लगाइएकी धुनुषा सिरेश्वर नगरपालिका–८ की २४ वर्षिया फातिमा हजरा खातुनको आज मृत्यु भएको हो । 

उनलाई यही माघ २५ गते कीर्तिपुरस्थित स्किन अस्पतालमा भर्ना गरिएको थियो ।