पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सरकार गठन र पार्टी एकता संँगसँगैः उपाध्यक्ष रावल

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकता र सरकार गठन प्रक्रियालाई सँगसँगै लैजाने बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उपाध्यक्ष रावलले अब एक हप्ताभित्रमा नयाँ सरकार गठन हुने बताउनुभयो । 

उहांले वर्तमान सरकारले निर्वाचन आचारसंहिता, देश र जनताको चाहना विपरीत गरेका विभिन्न निर्णयहरू आगामी सरकारले पुनरावलोकन गर्ने पनि बताउनु भयो ।