पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अब आर्थिक विकासमा केन्द्रितः अध्यक्ष यादव

वीरगञ्ज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताले  प्रदेश सरकार पाइसकेकाले अब आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ ।

रौतहटको गरुडा नगरपालिकाको प्रथम नगर सभाको उदघाटन गर्नुहुंदै अध्यक्ष यादबले अब राजनीतिक व्यवस्थाका लागि नभई गरिबी, बेरोजगारी तथा पिछडापनसित संघर्ष गर्नुपर्ने बताउनुभयो ।
 
अध्यक्ष यादवले लोकतन्त्रको नाउँमा भइरहेको लुटतन्त्र र भ्रष्टतन्त्र विरुद्ध नागरिक जागरुक हुनुपर्ने बताउनुभयो ।