पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मौद्रिक नीतिमा लचिलो बन्दै राष्ट्र बैंक

काठमाडौं । मौद्रिक नीतिमा केही कडा देखिएको राष्ट्र बैंक त्यसको अधवार्षिक समिक्षा पछि थप लचिलो बन्दै गइरहेको देखिन्छ ।

राष्ट्र बैंकले सोमबार बिना सार्वजनिक कार्यक्रम जारी गरेको अर्धवार्षिक समिक्षाले बैंकहरुलाई थप सहजता प्रदान गरेको छ । 

अब बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा तोकिए बराबर कर्जा जारी गर्न नसकेको अवस्थामा अन्यले प्रदान गरेको ऋणलाई आफ्नोमा ल्याएर सीमा पुर्याउन सक्ने सुविधा राष्ट्र बैंकले दिएको हो । 

अन्यले तोकिएको सीमाभन्दा बढी लगानी गरेको अवस्थामा आफ्नो संस्थामा त्यस्तो कर्जा सार्न सक्ने सुविधा दिएको हो ।

नियम अनुसार वाणिज्य बैंकले कृषिमा १० प्रतिशत, उर्जामा ५ प्रतिशत, पर्यटनमा ५ प्रतिशत र बाँकी प्राथमिकता क्षेत्र गरी कुल कर्जाको २५ प्रतिशत लगानी गरेको हुनुपर्ने छ । 

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट सहुलियत दरमा लिन सक्ने पुनर्कर्जा कोषमा  ५ अर्ब रुपैयाँ थपिएको छ । यो कोषलाई २० अर्ब रुपैयाँको बनाउने लक्ष्य मौद्रिक नीतिले लिएको छ ।

राष्ट्र बैंकले अर्धवार्षिक कर्जामा कडाई गर्दै कुल कर्जाको १५ प्रतिशतभन्दा बढी पुँजी यो शीर्षकको कर्जामा दिन नपाइने व्यवस्था गरेको छ ।  २०७५ पुसभित्र यस्तो कर्जा लगानीलाई यो सीमामा ल्याउनु पर्ने हुन्छ ।