पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दोस्रो अन्तराष्ट्रिय कृषि प्रदर्शनी हुने

काठमाडौं । कृषि क्षेत्रको व्यावसायिक विकासमा सहयोग गर्ने उद्देश्यले यही फागुनको ३ देखि ६ गतेसम्म काठमाडौंमा दोस्रो अन्तराष्ट्रिय कृषि प्रदर्शनी हुने भएको छ । 

मिडिया स्पेश सोलुसन्स प्रालिको आयोजनामा भृकुटीमण्डपमा हुने सो प्रदर्शनीमा भारत, मलेशिया, चीन, जर्मनी लगायत देशले उत्पादन गरेका कृषियन्त्र र उपकरणहरुको पर्दशर्न गरिने कार्यक्रम रहेको छ ।

प्रदर्शनीको क्रममा कृषि व्यव्सायीकरण र त्यसका लागि आवश्यक प्रविधि तथा समस्याहरुको बारेमा पनि छलफल हुने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । त्यसै गरी प्रर्दशनीको क्रममा पशुपालन, माछापालन, कुखुरापालन र डेरीका उत्पादनसमेत रहने छन् ।