पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जिप्रकामा आधुनिक सूचना प्रणाली

 

भोजपुर - जिल्ला प्रशासन कार्यालयमा आधुनिक सूचना प्रणाली जडान गरिएको छ । सेवाग्राहीलाई कार्यालयका सबै खालका सेवा तथा सूचना सहज रुपमा दिने उद्देश्यले सूचना प्रणाली जडान गरिएको सहायक प्रजिअ उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । सूचना प्रणालीबाट कार्यालयको विविध सूचना, नागरिक बडापत्रलगायतबारे सेवाग्राहीले सहज रुपमा जानकारी लिन सक्ने सहायक प्रजिअ न्यौपानेको भनाइ छ । सेवा प्रवाह तथा सूचना प्रणालीलाई अझ सहज बनाउन आगामी दिनमा मोबाइल एप्लिकेसनसमेत सञ्चालनमा ल्याइने तयारी भइरहेको बताइएको छ ।