पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पोखरामा कराँते प्रशिक्षण भवन थपिने

पोखरा । पोखरामा कराँते प्रशिक्षण भवन थपिने भएको छ । कराँते खेलको विकासका लागि अमेरिकाको न्यूयोर्कस्थित हिमालयन फाउण्डेसनको सहयोगमा नेपाल सितोरियो सेईकोकाई कराँते संघ कास्कीले कराँते प्रशिक्षण भवन बनाउने भएको हो । यसअघि पोखरा रंगशालामा कराँते प्रशिक्षण भवन थियो ।

संघले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ चाउथे चोकबाट केही तल देउराली मार्गमा ७ आना जग्गामा कराँते प्रशिक्षण भवन बनाउन लागेको संघका संस्थापक तथा कराँते प्रशिक्षक फत्तबहादुर गुरुङले जानकारी दिनु भयो  ।

कराँते प्रशिक्षण भवन निर्माणका लागि हिमालयन फाउण्डेसन अमेरिका क्यालिफोर्नियाले ३० लाख प्रदान गरेको छ ।

पोखरामा शुक्रबार आयोजित एक कार्यक्रममा फाउण्डेसनका संस्थापक तथा पूर्व कराँते खेलाडी यज्ञलाल श्रेष्ठले संघका अध्यक्ष सुष्मा गुरुङलाई सो रकम बराबरको डमी चेक तथा चेक हस्तान्तरण गर्नु भयो ।