पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उच्च शिक्षा निशुल्क गर्ने गाउँपालिकाको घोषणा

रत्न कार्की 
कालीकोट
-कालीकोट जिल्लाको सबै भन्दा बिकट र दुर्गम मािनएको पतला गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका सबै उच्च माध्यामिक बिद्यालयमा कुनै पनि प्रकारको  शुल्क नलिने  घोषणा गरेको छ । गाउँ पालिकाले उच्च शिक्षा निशुल्क भएको  घोषणा गरेको हो ।

बिगतमा  स्थानिय शुल्क, परिक्षा शुल्क ,पाठ्यपुस्तक शुल्क लगायतका बिभिन्न शुल्क लिने गरेका थिए । बिद्यालयमा चर्को शुल्क लिने गरेका बिद्यालयले अब देखि बिद्यार्थीबाट कुनै पनि प्रकारको शुल्क लिएको थाहाँ पाए वा त्यस्तो  गुनासो आए कार्वाही गर्ने गाउँ पालिकाका अध्यक्ष लक्ष्मण बंमले बताउनुभयो ।

 बिगतमा निजी श्रोतबाट संञ्चालित उच्च माध्यामिक बिद्यालयहरुमा शिक्षक कर्मचारी र आबश्यक ब्यवस्थापनको जिम्मा पुर्णरुपमा गाउँपालिकाले लिने निर्णय भएकाले अब बिद्यालयमा कुनै पनि प्रकारको शुल्क लिन नपाइने उहाँको भनाई छ । गाउँ पालिका भित्र रहेका ४ वटा उच्च माध्यामिक बिद्यालयलाई प्रति बिद्यालय एक आर्थिक वर्षमा सात लाख देखि नौ लाख सम्म बजेट दिने  गाउँ पालिकाले निर्णय गरेको अध्यक्ष बंमको भनाई छ ।

शिक्षा क्षेत्र गाउँ पालिकाले लगानी गर्ने निति लिए संगै अब सरकारले घोषणा गरेको उच्च शिक्षा निशुल्कको अबधारणा पतला गाउँपालिका बाट शुरु हुने भएको छ । गाउँ पालिका भित्र रहेका अन्य निजिश्रोतका बिद्यालयमा रहेका बिद्यालयहरुमा आबश्यक अस्थायी दरबन्दी सृजना गरेर शिक्षा क्षेत्रको बिकासमा गाउँपालिका लागेको बंमको भनाई छ । गाउँ पालिकाले आफ्ना वार्डहरुमा  शिक्षा क्षेत्रको सुधारका लागी चालु आर्थिक बर्षमा एक करोड २०  लाख बजेट बिनियोजन गरेको अध्यक्ष बमले जानकारी दिनुभयो ।

शिक्षा क्षेत्रमा देखिएका समस्या सामाधानका लागी शौचालय, शिक्षक ब्यवस्थापन, बिद्युतिय हाजिरी प्रणली लगायत आबश्यक ब्यवस्थापनका लागी उतm बजेट लगानी  हुने छ । यस अघि उतm गाउँ पालिकाले बेरोजगार युवाहरुलाई रोजगारीको सृजना गरि एक सय युवाको निमार्ण कार्यदल गठन गरि परिचालन गरेको थियो । गाउँ पालिकाले शिक्षा क्षेत्रको पुर्ण जिम्मा लिए पछि बिगतमा बिद्यालय भर्ना हुदा एक विद्यार्थी बरावर  २५ देखि ९ हजार सम्म बार्षिक शुल्क तिर्नु पर्दथ्यो ।  

तर गाउँपालिकाले उच्च शिक्षा निशुल्क बनाएको घोषणा गरेपछि खुसीले गद्गद् भएको  वर्डा नं ५ मा रहेको कर्णाली  माध्यामिक बिद्यालयमा कक्षा ११ मा अध्यनरत छात्रा केषपुरा कुमारी बुढाले बताउनुभयो ।