पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शाहीलाई ६ नम्बर प्रदेशको मूख्यमन्त्री बनाउने माओवादी निर्णय

radionepal

रत्न कार्की

कालिकोट  – ६ नम्बर प्रदेशको मूख्यमन्त्री माओवादी केन्द्रका महेन्द्रबहादुर शाही बन्ने निश्चित भएको छ । माओवादी केन्द्र ६ नम्बर प्रदेशको बिहीबार बसेको बैठकले शाहीलाई संसदिय दलको नेता र मुख्य मन्त्री बनाउने निर्णय गरेको हो ।

माओवादीले यसअघि केन्द्र सरकारको उर्जामन्त्री रहेका शाहीलाई माओवादीले मुख्य मन्त्रीकै लागि प्रदेश सभा उम्मेदवार बनाएको थियो ।

बाम गठबन्धनको भागबण्डा अनुसार उक्त प्रदेशको मूख्यमन्त्री माओवादी केन्द्रले लिने गरी भागण्डा टुंगिएपनि माओवादीकै नेता नरेश भण्डारीले आफू मूख्य मन्त्रीको दावेदार भन्दै आएको कारण उक्त प्रदेशमा विवाद रहेको थियो ।

भण्डारी र शाहीको नाममा बिबाद भएपछि मंगलबार सुर्खेत पुगेका पूर्व गृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्ति बस्नेतले शाहीलाई मूख्यमन्त्री बनाउने गरी विवाद मिलाउनुभएको हो । 

त्यसपछि बिहिबार भण्डारी समेत सहभागी पार्टीको ६ नम्बर प्रदेशको बैठकमा भण्डारीलाई मूख्यमन्त्री बनाएमा पूर्व उर्जा मन्त्री शाहिको ब्यवस्थापन गर्न कठीन हुने भए पछि शाहिको नाम सर्वसम्मत निर्णय गरेको हो ।

कालिकोट प्रदेश सभा ख बाट निर्वाचित प्रदेश सभा सदस्य शाही जनयुद्धकालमा माओवादी सेनाको ६ नम्बर डिभिजन कमाण्डर हुनुहुन्थ्यो ।