पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शिक्षा पद्धतिमा परिवर्तन आवश्यकः शिक्षामन्त्री

भक्तपुर । उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले मुलुकको हालको शिक्षाको पद्धतिमा नै परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।  

शिक्षक सेवा आयोगको स्थापना दिवसका अवसरमा आज भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले अबको शिक्षा व्यावहारिक र व्यावसायिक हुनुपर्नेमा जोड दिनुभयो ।

शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले शिक्षण सेवालाई मर्यादित र विश्वसनीय बनाउन खुल्ला प्रतिस्पर्धा मार्फत योग्य व्यक्तिलाई शिक्षा क्षेत्रमा भित्र्याइनुपर्ने बताउनुभयो ।