पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्वास्थ्य विमाको लागि अस्पताल व्यवस्थित गर्नुपर्ने : पूर्व–स्वास्थमन्त्री पोखरेल

radionepal

बिक्रम रौनियार/रेडियो नेपाल
महोत्तरी । स्वास्थ्य विमा संचालन गर्नका लागि सर्वप्रथम अस्पताललाई व्यवस्थित गरिनुपर्ने आवश्यक देखिएको पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले बताउनुभएको छ ।  बिहीवार महोत्तरीको वर्दिवासमा जिल्लाको स्वास्थ्य विमा कार्यक्रम दर्ता शुभारम्भलाई सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री पोखरेलले अहिले अधिकांश अस्पतालहरु पूर्वाधार एवम जनशक्तिको अभाव कायम रहेको सन्दर्भमा देशभरि नै स्थानिय तहद्धारा संचालनमा आएको स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तरता दिनका लागि अस्पताललाई व्यवस्थित गरिनुको विलक्ल नभएको धारणा राख्नुभयो ।
बर्दिबासनगरपालिका ३ का वासिन्दा रहेका पुर्वमन्त्री पोखरेलले विहीबार विमा गराएर दर्ता कार्यक्रम सुरुवात गराउनुभएको छ । सोही कार्यक्रममा त्यस्तै मन्त्री पोखरेलले वर्दिवासका ७८ बर्षका वयोबृद्ध लोकनाथ भट्टराईलाई विमति प्रदान गरेका हुन । यो संगै बर्दिवास नगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रम सुरुवात भएको छ ।
कार्यक्रमकावीच महोत्तरी क्षेत्र नं. ४ का प्रतिनिधीसभा सदस्य डा सुरेन्द्र यादवले ग्रामिण भेगको सरकारी स्वास्थ्य संस्थालाई व्यवस्थित नगरे सम्म स्वास्थय विमा कार्यक्रमले गरिवलाई फाइदा नपुग्ने उनले बताए । महोत्तरीमा स्वास्थ्य संस्थाहरुमा औषधी अभाव देखि सामान्य उपकरणहरुको अभाव रहेको हुँदा स्वास्थ्य विमा कार्यक्रम अहिलनै हतारमा सुरु नगर्न सुझाव दिनुभयो ।
प्रदेश सदस्य शारदा थापाले विमा कार्यक्रम प्रभावकारी भए गरिवले रोग पालेर बस्नु पर्ने दिनको अन्तय हुने विश्वास व्यक्त गरिन् । त्यस्तै अर्का प्रदेश सदस्य भरतप्रसाद साहले भने,‘सरकारले ल्याएको विमा कार्यक्रम उद्देश्य अनुसार लागु भए गरिवको लागि कोसेंढुङ्ग सावित हुन्छ ।’
नेपालको २६ औं जिल्ला महोत्तरीमा स्थानीय सरकारले ‘तपाई स्वास्थ्य हाम्रो अठोट’भन्ने मुल नाराका साथ घरघरमा बिहिबारबाट बर्दिबास नगरपालिकाबाट स्वास्थय विमा अभियान संचालनको सुरुवात भएकोे  स्वास्थ्य विमा बोर्ड टेकु काठमाण्डौंका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले बताउनुभयो ।