पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्याउ खेतीका लागि विरुवा रोप्दै

radionepal

निरोज चौलागाइ
सिन्धुपाल्चोक- 
स्याउ खेतीका लागि भोटेकोसी गाउँपालिका १ लिस्तिले  वडामा  तीन हजार स्याउको विरुवा रोप्न लागेको छ । समुन्द्री सतहबाट २५ सय फिट उचाइमा रहेको लिस्ती वडा कार्यालयले भारतको हिमाञ्चल प्रदेशबाट तीन हजार विरुवा  झिकाएर  लिस्तीको भिरखर्कमा भोटेकोसी गाउँपालिकाकी उपाध्यक्ष दा बुटि शेर्पाले रोयल जातको विरुवा रोपेर सुरुवात गर्नुभएको हो  ।
 चिसो हावापानी र मलिलो कालोमाटो भएको लिस्तीमा स्याउ खेतीको लागि राम्रो जमिन भएकोले वडा कार्यालयले यो कामलाइ प्राथामिकता दिएको  हो ।  सोमबार स्याउको विरुवा रोपेर सूरुवात गरेकी गाउपालिका उपाध्यक्ष दा बुटिले  अध्यक्ष मुके शेर्पा र वडाले गरेको कामले कृषि क्षेत्रमा परिवर्तनको एउटा फट्को मारेको बताउनुभयो ।  शेर्पाले विरुवा रोप्दै भन्नुभयो्’‘ भोटेकोसी पालिकाको यो वडाले गरेको काम प्रशंसनिय छ , ‘अब स्याउ खेतिबाट सुरुवात भएको यो वडाले कृषि क्षेत्रमा महत्वपुर्ण  योजना बनाएर स्थानीय उत्पादनमा अघि बढ्नु पर्छ ्’ । गाउँपालिकाले विकासको काम र गतिलाइ साथ दिएर अघि बढेको बताउनुभयो । 
उचाइमा रहेको यो वडामा मौसम चिसो भएपनि जमिन भने सुख्खा छ । स्याउ खेति व्यवसायिक भएको र वडा कार्यालयको स्वामित्वमा रहने गरि यो खेति गरेको हो । स्थानीयहरु भन्छन् हामीले यो स्याउको खेतिलाइ निरन्तरता दिदैँ विरुवालाइ आवश्यक अनुसारको  मलजल गरेर हुकार्ए आफ्नै जमिन र ठाउँबाट समेत बिक्री वितरण गर्न सकिने बताएका छन् । आवास निर्माणको  चटारोमा व्यस्त भएका सथानीयहरुले समेत वडा कार्यालयलाइ यो स्याउको विरुवा रोप्न सहयोग गरेका छन् । लिस्ती बासीले भने’ ‘ यो कामले निरन्तरता पाओस्, हामीले स्याउ उत्पादन गरेको गर्व गर्न पाउने अवसर मिल्नेमा आशावादि भएको सुनाए । हिमाञ्चलबाट  ल्याइएको  गोल्डेन र रोयल प्रजातीका स्याउको   विरुवा नेपालमा निकै फस्टाउने गरेको छ ।  

वडा अध्यक्ष मुके शेर्पाले वडालाइ कृषि क्षेत्रमा  प्राथामिकता दिएर जिल्लामै नमुनाको रुपमा चिनाउनको लागि आफुले यो कामलाइ सुरुवात गर्नुभएको हो  । स्याउ खेती गरेर मात्रै कृषि क्षेत्रमा परिवर्तन र सुधार हुँदैन । उहाँले भन्नुभयो’  ‘हामीले कृषि क्षेत्रमा सुधारको लागि एउटा योजना बनाएका छा्रैँ’ योजना बनाए अनुसार वडा कार्यालयले पुरा गर्न लाग्ने छ ।’ जिल्लामा भएको १ सय तीन वटा वडा कार्यालय मध्ये लिस्तिलाइ फरक र नमुनाको रुपमा विकास गरिने अध्यक्ष शेर्पाले सो कार्याक्रममा  प्रतिवद्धता गरेका छन् ।
 मैले व्यक्तिगत १५ लाख लगानी गरेर विरुवा रोप्ने काम गरेको  छ  । वडाले  सार्वजनिक जग्गामा स्याउ रोपेर नमुना कार्य गरेको भन्दै स्थानीयले   खुसि हुँदै शेर्पाको प्रशंसा गरेका छन् । पर्यटक र विकासको सम्भावना बोकेको यो वडामा  पछिल्लो समय याहाँका  स्थानीयहरु कृषि पेशामा लाग्न थालेका छन् । प्राय आलु खेती गरेर बस्ने कृषकहरुले अहिले विभिन्न खाले बेमौसमी तरकारी उत्पादन गर्न थालेका छन् ।  
शेर्पा भन्नुहुन्छ् स्याउको विरुवा रोप्ने काम यसपालि मात्रै होइन यहि सिजनमा अर्काे वर्षमा पनि रोपिन्छ । हामीले स्याउ खेती गरेर राम्रो उत्पादन गर्न सके नेपाली रकम विदेशमा लैजान नपर्ने हुन्छ । भारतको उत्तर प्रदेश हिमानचलबाट ल्याइएको स्याउको विरुवा नेपाल आइपुग्दा प्रति बोट २२० रुपयैँ परेको वडा अध्यक्ष शेर्पाले बताउनुभयो ।