पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पशुपतिमा महाशिवरात्रिको तयारी शुरु

काठमाडौँ । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु भएको छ ।  

शिवरात्रिमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषले आठ उपसमिति गठन गरेको छ ।

आवास तथा भौतिक, स्वास्थ्य एवं वातावरण, प्रचारप्रसार, सन्त तथा धार्मिक कार्यक्रम, सुरक्षा तथा दर्शन, स्वयंसेवा, साज सजावट र रात्रिकालीन व्यवस्था गरी आठ उपसमिति गठन गरिएको कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले जानकारी दिनुभयो ।