पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वन्यजन्तुको स्वास्थ्यसम्बन्धी ९ बुँदे घोषणापत्र जारी

चितवन । बाघ, गैँडा र हात्तीको चिकित्सा विज्ञानसम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठी ९ बुँदे सौराहा घोषणापत्र जारी गर्दै सकिएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा कृषि विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको संयुक्त आयोजनामा यही माघ २२ गतेदेखि अन्तराष्ट्रिय विज्ञको सहभागितामा कार्यशाला शुरु भएको थियो । 

विभिन्न १३ देशका विज्ञ सहभागी कार्यशालाले वन्यजन्तुको स्वास्थ्य व्यवस्थापन रणनीति र त्यसको कार्यान्वयनका लागि संयन्त्र तयार पार्न सम्बन्धित निकायमा पहल गर्ने निष्कर्षसहित ९ बुँदे सौराहा घोषणापत्र जारी गरेको छ ।