पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नुवाकोटमो अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला सम्पन्न  ।

radionepal

नुवाकोट । नुवाकोटमा पहिलो पटक आयोजना गरिएको चार दिने अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला आज सम्पन्न भएको छ । ऐतिहासिक तथा धार्मिक क्षेत्रलाई कलाको माध्यमबाट विश्वमा फैलाउनको लागि नुवाकोटमा पहिलो पटक कार्यशालासहितको चित्रकला प्रदर्शनी गरिएको हो । 

  विदुर नगरपालिका वडा नं. १ मा रहेको धार्मिक तथा ऐतिहासिक त्रिशूली नदी किनारामा रहेको २१ मेगावाट  क्षमताको त्रिशूली जलविद्युत गृहको पुर्वी किनारामा स्लोभेनिया र नेपालका कालाकारहरुले कारेको चित्र आज बट्टारस्थित हावाघरमा प्रदर्शनी गरिएको छ । प्रर्दशनीमा अवलोकनकर्ता सहित विद्यालयका विद्यार्थीहरुको भीड लागेको थियो । विदेशी कलाकारहरुले नुवाकोटका विभिन्न स्थान र संस्कृतिको अवलोकन गरी क्यानभासमा चित्र उतारेका थिए ।  
   अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा स्लोभेनियाका जोजिका जोर्को, काजा लुकाक, बोजका लुकाक, स्लोभेनिया बस्ने विदुर नपा वडा नं. ५ का वीरमान श्रेष्ठ र नेपालका चर्चित चित्रकारहरु एनबी गुरुङ, डिराम पाल्पाली, राजेश मानन्धर, लालकाजी लामा, केशबराज खनाल, भीम श्रेष्ठ, जनकैलाश श्रेष्ठ र स्थानीय चित्रकारहरु शशि डंगोल, चीजकुमार केसी, शैलेश शाही, र धर्म तिमिल्सेनालगायतको सहभागीता रहेको  बसिबियाँलो अभियन्ता हरिकृष्ण श्रेष्ठले बताउनुभयो । 
- भोलाराज पौडेल / रेडियो नेपाल