पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश ६ को मुख्यमन्त्री महेन्द्र शाहीलाई बनाउने शिर्ष नेताहरुबिच सहमति

radionepal

रत्न कार्की
कालीकोट-
 राष्ट्रियसभा सदस्य निर्वाचनको लागी प्रदेश मुख्यालय सुर्खेत पुगेका माओबादी केन्द्रका नेता पुर्व गृहमन्त्री  द्धोय शक्ति बस्नेत र जनार्दन शर्मा बिच  प्रदेश नं ६ को मुख्यमन्त्रीको नाममा सहमति जुटेको छ ।

मुख्यमन्त्रीका दावेदार पुर्वउर्जा मन्त्री समेत भैसकेको महेन्द्र बहादुर शाही र नरेश भण्डारी विच कसलाई बनाउने भन्ने विषयमा विवाद रहेको थियो । औपचारीक रुपमा मुख्यमन्त्रीको उम्मेद्वारको टुङ्गो लागिनसकेको भएपनि अनौपचारिक रुपमा भने कालीकोट प्रदेशसभा 'ख' मा निर्वाचित शाहीको नाममा सहमति जुटेको नेताहरुले बताएका हुन् ।

 मंगलबार माओबादी केन्द्र प्रदेश नं ६ का इन्चार्ज समेत रहेका पुर्व गृहमन्त्री शक्ति बस्नेत , जनार्दन शर्मा र पार्टी प्रदेश संयोजक माया प्रसाद शर्मा बिचमा भएको छलफलमा मुख्यमन्त्रीका लागी शाहीलाई अगाडी सार्ने आन्तरिक सहमति भएको हो । मुख्यमन्त्रीमा शाहीलाई अगाडी सार्ने सहमति सार्वजनिक भएसंगै मुख्यमन्त्रीका दाबेदार नरेश भण्डारीले असन्तुष्टी व्यक्त गर्नुभएको छ ।  

उहाँले सामाजिक सञ्जाल  फेसबुकमार्फत औपचारिक रुपमा टुङ्गो नलागेको विषयमा सहमति भयो भनेर सार्वजनिक हुनु राम्रो नभएको धारणा राख्नुभएको छ । पुर्व माओबादी  सेनाका डिभिजन कमाण्डर  शाहीले उर्जामन्त्रीका रुपमा रहदा कर्णालीमा उर्जा क्षेत्रमा उल्लेखिय काम गरि चर्चा कमाउनुभएको थियो ।  उ

हाँले राष्ट्रिय प्रसारण लाईन कर्णाली जोड्ने, कालीकोटको फुर्कोट जलबिद्युत  आयोजना, कर्णालीमै बिद्युत सब स्टेशन  लगाएतका केही राष्ट्रिय महत्वका काम गर्नुभएको थियो । ६ नम्वर प्रदेशको मुख्यमन्त्रीको औपचारिक घोषणा भने बिहिवार मात्रै हुने माओवादी केन्द्रका शिर्षनेताहरुले बताउनुभएको छ ।