पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विश्व सांस्कृतिक शान्ति पदयात्रा गरिने

 

काठमाडौँ - चारुमती बुद्धिष्ट मिसन नेपालले अभयदानको संस्मरण र शान्तिको महत्वका बारे योगदान गर्ने उद्देश्यले काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म विश्व सांस्कृतिक शान्ति पदयात्रा गर्ने भएको छ ।आगामी वैशाख १ गते हुने उक्त यात्रामा विभिन्न धार्मिक आस्थाका धर्मावलम्बीलाई एकिकृत गरी आत्मिक एवं भौतिक शान्ति प्रदान गर्ने लक्ष्य राखिएको छ । 

बौद्ध धर्मका तीन यानका विशिष्ट गुरुबाट प्रार्थना तथा आशीर्वादपछि बाजागाजाका साथ शुरु गरिने यात्रामा करिब दुई हजार ५०० सहभागी हुने आयोजक संस्थाका प्रमुख भिक्षु तपस्सी धम्मले जानकारी दिनुभयो । पनौती बजारबाट शुरु हुने यात्रा सुन्थान, इटे, शंखु, शंखेश्वरी हुँदै नमोबुद्धमा पुगेर समापन गरिनेछ । वैशाख २ गते चारुमती बुद्ध विहारमा दीपप्रज्वलन गरी कार्यक्रमको अन्त्य गरिनेछ । उक्त यात्राको प्रचारप्रसारका लागि लेख, रचना प्रकाशन, अन्तक्र्रियालगायतका कार्यक्रम देश विदेशमा समेत भइरहेको जनाइएको छ । विभिन्न बौद्ध राष्ट्रका प्रतिनिधिसमेत उक्त यात्रामा सहभागी हुने बताइएको छ ।