पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विश्व सिमसार दिवस सम्पन्न

काठमाडौं । बाइसौँ विश्व सिमसार दिवस ‘दिगो सहरी भविष्यका लागि सिमसार’ भन्ने नाराका आज नेपालमा पनि विभिन्न कार्यक्रको आयोजना गरी मनाइएको छ । 

त्यस अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेले सिमसार क्षेत्रका बारेमा संविधानमा भएको अधिकार बाँडफाँड समेतलाई आधार मानी सबैको राय सुझावको आधारमा राष्ट्रिय सिमसार नीति २०६९ संशोधन गर्नु आवश्यक भएको बताउनुभयो । 

कार्यक्रममा वन राज्यमन्त्री कमलादेवी शर्माले सिमसारको संरक्षणमा रहेका चुनौतीलाई सम्बोधन गर्ने कार्यक्रम बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले जैविक एवं पर्यावरणीय संरक्षणको दृष्टिकोणले मात्र नभई स्थानीय बासिन्दाको आर्थिक, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणले पनि सिमसार क्षेत्र महत्वपूर्ण रहेको बताउनुभयो ।