पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

लहानमा अनलाइन प्रविधिबाट विद्युत् महशुल भुक्तानी सेवा सुरु

संजय बिश्वकर्मा/रेडियो नेपाल
सिरहा । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले अनलाइन प्रविधिबाट विद्युत् महशुल भुक्तानी सेवा सुरु गरेको छ । ग्राहकको सुविधालाई मध्यनजर गरी यस महिनाबाट  अनलाईन प्रविधिबाट महशुल भुक्तानी सेवा प्रारम्भ भएको  नेपाल बिधुत प्रधिकरण शाखा कार्यालय लहानका प्रमुख बिष्णु प्रसाद यादबले जनाएकोछ  । 
वितरण केन्द्रमै आएर महशुल बुझाउँदै आएका सेवाग्रहीले अनलाइन प्रविधिमार्फत अब इ सेवा, महालक्ष्मी विकास बैंक लिमिटेड, प्रभु बैंक, हिमालयन बैंक, पेय प्वाइन्ट, सिटी एक्सप्रेस, नेपाल इन्भेष्टमेन्ट बैंकलगायत बैंक तथा वित्तीय संस्थाबाट विद्युत् महशुल बुझाउन सकिने वितरण केन्द्रले जनाएको छ ।
अनलाइन प्रबिधिबाट महशुल भुक्तानी गर्दा महशुल रकम बाहेक ग्राहकलाई थप कुनै किसिमको रकम लाग्ने छैन । वितरण केन्द्र पुगेर महशुल बुझाउन आउँदा दैनिकजसो ग्राहकको भिड  भाड लाग्दै आएको थियो  । 
अनलाइन प्रविधिबाट महशुल भुक्तानी सेवा शुरु भएपछि अब ग्राहकले अनावश्यक सास्ती बेहोर्नु नपर्ने विश्वास गरिएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानअन्तर्गत ४५ हजार ग्राहक रहेका छन् ।
यस्तै विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि ५० हजार भन्दा बढि  विद्युत् महशुल नबुझाउने २२० जना  गा्रहक मध्ये  १४० जना ग्राहकको विद्युत् लाइन काटेको छ । बक्यौता विद्युत् महशुल नबुझाउने ग्राहकको विद्युतलाइन काट्ने अभियान शुरु गरिएको कार्यालयले जनाएको छ । यसैबिच  अनलाईन प्रबिधिबाट महसुल तिर्ने बिषयमा  ग्राहक अन्यौलमा रहेको एक जना लहान २२ का नन्दीलाल सदायले बताए  । उहाँका अनुसार यस विषयमा बितरण केन्द्रले ग्राहक बर्गमा सुचना जारी गरी मिटर रिडरको माध्यमले टोल टोलमा  जनचेतना  दिनु पर्ने बताएका छन ।