पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चिनियाँ राजदूतद्वारा धनुषाका बाढी पीडितलाई राहत वितरण

अजय कुमार झा, धनुषा । नेपालका लागि चिनियाँ राजदूत यू होङले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नंं ३ र ४ का १ सय ४० घर परिवारलाई चीन सरकारको तर्फवाट विभिन्न राहत सामाग्रीहरु प्रदान गर्नुभएको छ ।

वितरण गरिएको राहतमा खाद्यान्न, लत्ताकपडा तथा भाडा रहेका छन् । 

कार्यक्रममा राजदूत होङले नेपालको विकासमा चीनले गरेको सहयोग अगामी दिनमा पनि जारी रहने बताउनुभयो ।