पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विराटनगरमा मतदाता शिक्षा प्रशिक्षणको आयोजना

विराटनगर । विराटनगरमा एक दिने मतदाता शिक्षा क्षेत्रिय प्रशिक्षण कार्यक्रमको आयोजना गरियो ।  

प्रशिक्षण कार्यक्रममा १ र २ नम्बर प्रदेशका २१ जिल्लाका जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृतहरुको सहभागिता रहेको छ । राष्ट्रियसभाको निर्वाचनका मतदाताहरुलाई  निर्वाचन प्रक्रियावारे जानकारी गराउन प्रशिक्षण आयोजना गरिएको हो ।

प्रशिक्षण कार्यक्रमको १ नम्वर प्रदेशका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले उद्घाटन गर्नुभयो । कार्यक्रममा वोल्दै उहाले राष्ट्रियसभाको निर्वाचनलाई व्यवस्थित बनाउन प्रशिक्षणको आयोजना गरिएको बताउनुभयो ।