पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जनकपुर उद्योग संघको अध्यक्षमा साह

 

जनकपुरधाम - जनकपुर उद्योग संघको अध्यक्षमा ललितकुमार साह एक हजार ५३९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी पवन ठाकुरले ४३५ मत प्राप्त गर्नुभएको छ । 

संघको वरिष्ठ उपाध्यक्षमा जितेन्द्रप्रसाद साह एक हजार १३३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी विजय साहले ८४६ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी उपाध्यक्षमा सुरेन्द्रकुमार भण्डारी ९८९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वीमा विजय साहले ७०३ मत प्राप्त गर्नुभएको छ । 
त्यस्तै महिला उपाध्यक्षमा दीपिका राय निर्विरोध निर्वाचित हुनुभएको छ ।संघको महासचिवमा जितेन्द्रकुमार महासेठले ९५३ मत, सचिवमा विकास साहले ५९४ मत र कोषाध्यक्षमा अशोककुमार चौधरीले ९९६ मत, प्राप्त गरी विजयी हुनुभएको छ । 
महिला सदस्यमा आशाकुमारी यादव र एशोसिएटमा राजीवकुमार साह निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।