पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

युवाको विदेश पलायन नरोकेसम्म समृद्धि सम्भव छैनः महामन्त्री कोइराला

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले युवाको विदेश पलायन नरोकेसम्म मुलुकको विकास र समृद्धि सम्भव नभएको बताउनुभएको छ । 

दोस्रो नवलपरासी युवा सम्मेलनको आज कावासोतीमा उद्घाटन गर्नुहुँदै महामन्त्री डा. कोइरालाले युवालाई खाडीमुलुुक जानबाट रोकी राष्ट्र निर्माणमा कसरी प्रयोग  गर्ने भन्ने देशको प्रमुख कार्यसूची हुनुपर्ने बताउनुभयो । 

महामन्त्री डा. कोइरालाले यूवालाई प्राविधिक सीप प्रदान गर्ने कार्यमा राज्यले लगानी बढाउनु पर्ने बताउनुभयो ।  

सम्मेलनमा उद्योगपति विनोद चौधरीले नेपालमा वार्षिक रुपमा ४ लाख युवा जनशक्ति बजारमा आउने गरे पनि प्राविधिक शिक्षाको कमीका कारण दक्ष नहुँदा बेरोजगारी समस्या बढेको बताउनु भयो ।