पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

देशको हितका लागि पार्टी एकता गर्दैछौंः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अस्थिरताको अन्त्य, सुशासन र विकासलाई गति दिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न लागेको बताउनुभएको छ ।

काठमाडौंमा आज आयोजित स्रष्टा सम्मान कार्यक्रममा अध्यक्ष प्रचण्डले देशको बृहत्तर हितका लागि नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न लागिएको र यो नेपालको भविष्य निर्माणका लागि ठूलो उपलब्धि हुने ताउनुभयो ।

कार्यक्रममा साहित्य, सङ्गीत, नाटक, अभिनय, ललित कला र पत्रकारिताको क्षेत्रमा योगदान गर्ने स्रष्टा र समाजसेवीहरुलाई सम्मान गरिएको थियो ।