पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालप स्थापना

काठमाडौं । निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । 

उच्च अदालत रहेका स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ । 

प्रदेश नम्बर १ मा मोरङ, प्रदेश नम्बर २ मा धनुषा, प्रदेश नम्बर ३ मा ललितपुर, प्रदेश नम्बर ४ मा कास्की, प्रदेश नम्बर ५ मा दाङ, प्रदेश नम्बर ६ मा सुर्खेत र प्रदेश नम्बर ७ को डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जनाउनुभएको छ ।