पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

४ दिनसम्म मुग्लिङ्ग–नारायणगढ सडक चौबीसै घण्टा खुल्ला हुने

सूर्य प्रसाद अधिकारी, चितवन । सडक विस्तारक लागि राती छ घण्टा बन्द हुदै आएको नारायणगढ– मुग्लिङ्ग सडक आजदेखि ४ दिन चौबिसै घण्टा खुल्ला हुने भएको छ । 

माघे संक्रान्ति मेला भर्न अन्य जिल्लाबाट देवघाट धाममा दर्शनार्थीको घुँईचो हुने भएकोले सडक खुला गरिएको जिल्ला ट्राफिक कार्यलय चितवनका  प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो ।  

सडक विस्तारको कामलाई निरन्तरता दिनुपर्ने भएकाले माघ २ गतेपछि फेरि राती १० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने उहांँले बताउनुभयो ।