पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भाइरल इन्फ्लुन्जा नियन्त्रणमा आउँदै

बद्री पन्त, जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा ३ सातादेखि फैलिएको रोग भाइरल इन्फ्लुन्जा नियन्त्रणमा आउन थालेको छ । 

स्वास्थ्य सेवा विभागको उच्चस्तरीय टोलीले आज त्याहाँको अवस्थाका बारेमा अनुगमन गरेको छ । 

टोलीमा स्वास्थ्य सचिव पुष्पा चौधरी, पूर्वमन्त्री शक्तिबहादुर बस्नेत, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्त लगायत सहभागी हुनुहुन्थ्यो ।

भाइरल इन्फ्लुन्जाबाट जाजरकोटमा १३ जनाको मृत्यु भएको थियो ।