पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पार्टी बदल्न नेता-कार्यकर्ता बदलिनुपर्छः प्रवक्ता शर्मा

काठमाडौं । नेपाली काँगेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँगेस बदल्न पार्टी नेता तथा कार्यकर्ता पनि बदलिनुपर्ने बताउनुभएको छ । 

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा काँगेस प्रवक्ता शर्माले अब पार्टीलाई व्यवस्थित र रुपान्तरित गर्ने कार्यमा आफूहरुको ध्यान केन्द्रित हुने बताउनुभयो ।

प्रवक्ता शर्माले निर्वाचनको मत परिणामपछिको अवस्थामा वाम गठबन्धनले जनताको अपेक्षालाई सम्बोधन गर्नसक्नुपर्ने र नेपाली काँगेसले सशक्त र उदाहरणीय प्रतिपक्षको भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।