पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्र निर्माणका लागि ज्ञान र सीप महत्वपूर्ण औजारः प्रधानमन्त्री

कृष्ण साउद, कञ्चनपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र निर्माणका लागि ज्ञान र सीप सबैभन्दा महत्वपूर्ण औजार भएको बताउनु भएको छ । 

सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दिक्षान्त समारोहलाई आज कञ्चनपुरमा सम्बोधन गर्नुहुँदै विश्वविद्यालयका कूलपतिसमेत रहनु भएका प्रधानमन्त्री देउवाले भोलिको नेपाल सम्पन्न र सुखी बनाउन क्षमताशील यूवा आवश्यक रहेको र त्यो शिक्षाबाट मात्र सम्भव भएको बताउनु भयो । 

प्रधानमन्त्री देउवाले सर्वसुलभ शिक्षा राज्यको मूल दायित्व रहेको र विश्वविद्यालय शिक्षामा गरेको लगानीले भविष्यमा पनि प्रतिफल दिने बताउनु भयो । उहाँले ज्ञान र सीपको प्रयोग गरी राष्ट्र निर्माणमा सघाउन दिक्षित छात्रछात्राहरुसँग आग्रह पनि गर्नु भयो ।  

त्यस अवसरमा प्रधानमन्त्री देउवाले विभिन्न संकायका १२० जना छात्रछात्राहरुलाई दिक्षित गराउनु भयो । 

कार्यक्रममा विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले गुणस्तरीय शिक्षाका लागि सरकारले विभिन्न नीति तथा कार्यक्रम लागू गरेको बताउनु भयो । 

कार्यक्रममा वरिष्ठ आँखा रोग विशेषज्ञ डा.रामप्रसाद पोखरेललाई सुदुरपश्चिम विश्वविद्यालयको मानार्थ विद्यावारिधिबाट सम्मानित गरिएको थियो ।