पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

युवाहरु माटाका भाँडा बनाउन जुटे

पाल्पा । माटाका भाँडा बनाउने पुख्र्यौली पेशा विस्थापित हुन थालेपछि पाल्पा रामपुर नगरपालिकाका युवाहरु माटाका भाँडा बनाउन जुटेका छन् । 

कुमाल समुदायका पाका पुस्ता यस पेशाबाट विस्थापित हुन थालेपछि त्यसको संरक्षणका लागि माटोको भाँडा बनाउने अभियानमा जु्टेको तिलकपुरका २९ वर्षीय सोमबहादुर कुमालले बताउनुभयो ।

माटाका भाँडा बनाउने र पुख्र्यौली पेशा संरक्षणमा लागे पनि कामदार, माटो र दाउराको अभाव वर्षेनी बढेकाले समस्या झनै बढेको गुनासो कुमाल युवाहरुको छ ।

कला संस्कृतिका धनी कुमाल समुदायको पहिचान गुम्न नदिन र माटोका भाँडा बनाउने पेशाप्रति युवा पुस्ताको आकर्षण बढ्नु स्थानीय निकायले लगानी गर्नु पर्नेमा सोमबहादुरले जोड दिनुभयो । पाल्पामा कुमाल समुदायको जनसंख्या ३ हजार ६९५ रहेको छ ।