पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आगो शरीरमा सल्किँदा घाइते

काँकडभिट्टा: आगो ताप्दा शरीरका कपडा जलेर बुद्धशान्तिकी एक गृहिणी सख्त घाइते हुनुभएको छ । बुद्धशान्ति–३ की ४५ वर्षीया तारा भट्टराईलाई कम्मरमुनिको भाग जलेपछि बिर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा राखेर उपचार गराइँदैछ । 
पारिवारिक स्रोतका अनुसार बिहान नुहाइसकेपछि घर बाहिर बालिएको आगो ताप्ने क्रममा उहाँको शरीरमा थाहै नपाई हुर्हुरी आगो सल्किएको थियो । आगो निभाउने क्रममा परिवारका अन्य तीन सदस्यसमेत सामान्य घाइते भएका छन् ।