पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नक्कली नेपाली रुपैयाँ बनाउने २ भारतीय पक्राउ

भीमदत्तनगर । प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित नेपाल–भारत दशगजा क्षेत्रमा नक्कली नेपाली नोट बनाइरहेका २ भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारतको पिलिभित जिल्लाका २२ वर्षीय बलवीर सिंह र १९ वर्षीय कृष्ण सिंहलाई पक्राउ गरेको क्षेत्रीय अनुसन्धान ब्यूरोका प्रहरी सहायक निरीक्षक केशव जोशीले जानकारी दिनुभयो ।