साना तथा मझौला व्यावसायीलाई प्रोत्साहन गरिनेः मन्त्री विश्वकर्मा
काठमाडौं । बाणिज्यमन्त्री मिन बहादुर बिश्वकर्माले मुुलुकको उन्नति र आर्थिक समृद्धिका लागी साना तथा मझौला व्यवसायी लाई प्रोत्साहन गरिने बताउनु भएको छ ।
साना तथा मझौला व्यवसायी महासंघको चौथो महाधिबेशनको आज काठमाडौमा उद्घाटन गर्दे मन्त्री बिश्वकर्माले साना तथा मझौला उद्योगीहरुको लागी सहुलीयत ऋण उपलव्ध गराई व्यवसायीक संरक्षण गरिने बताउनु भयो ।