पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डा. केसीको कार्यप्रति ध्यानाकर्षणः बार

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई व्यक्तिगतरुपमा लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्ने र आफ्नो अनुकूल फैसला नआए राजीनामा माग गर्ने अनशनरत प्रा. डा. गोविन्द केसीको कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

त्यसैगरी, न्यायाधीशविरुद्ध उजुरी गर्नुपरेमा न्याय परिषद्मा उजुरी गर्नुपर्ने, त्यसरी उजुरी परेमा परिषद्ले नै त्यस्तो मुद्दाको अध्ययन गर्नसक्ने र सोको प्रयोजनका लागि सम्बन्धित अदालतले माग गरेको कागजात वा फाइल उपलब्ध गराउनुपर्ने कानूनी व्यवस्था रहेकोसमेत बारले ध्यानाकर्षण गराएको छ । 

सर्वोच्च अदालतले अवहेलना मुद्दामा साधारण तारेखमा रिहा गर्ने निर्णय स्वागतयोग्य भएको उल्लेख गर्दै बारले डा. केसीले जस्तोसुकै माग राखेर अनशन बस्नु उचित नभएको हुँदा तत्काल अनशन फिर्ता लिन आग्रह गरेको छ ।